थप २६६ जनामा कोरोना संक्रमण, चारको मृत्यु
काठमाडौं । नेपालमा थप २६६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप २६६ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २७८२१० पुगेको छ ।
त्यस्तै सोमबार थप १०२ जना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोराना संक्रमणमुक्त हुनेको संख्या २७३३४२ पुगेको छ । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप चार जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३०३६ पुगेको मन्त्रालयले जनाएको छ । क्वारेन्टाइनमा ६४ जना छन् भने आइसोलेसनमा १८३२ जना सक्रिय संक्रमित रहेका मन्त्रालयले जनाएको छ ।