थप १६७ जनामा कोरोना संक्रमण, तीनको मृत्यु
काठमाडौं । नेपालमा थप १६७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप १६७ मा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २७७१४७ पुगेको छ ।
त्यस्तै मंगलबार थप ११५ जना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोराना संक्रमणमुक्त हुनेको संख्या २७२७२७ पुगेको छ । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप तीन जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३०३० पुगेको छ । क्वारेन्टाइनमा ५३ जना छन् भने आइसोलेसनमा १३९० जना सक्रिय संक्रमित रहेका मन्त्रालयले जनाएको छ ।