थप १४१ जनामा कोरोना संक्रमण
काठमाडौं । नेपालमा थप १४१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप १४१ मा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २७६९८० पुगेको छ ।
त्यस्तै सोमबार थप ८२ जना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोराना संक्रमणमुक्त हुनेको संख्या २७२६१२ पुगेको छ । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट कसैको पनि मृत्यु नभएको मन्त्रालयले जनाएको छ । क्वारेन्टाइनमा ५६ जना छन् भने आइसोलेसनमा १३४१ जना सक्रिय संक्रमित रहेका मन्त्रालयले जनाएको छ ।