थप ८५ जनामा कोरोना संक्रमण, तीनको मृत्यु
काठमाडौं । नेपालमा थप ८५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ८५ मा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २७६७५० पुगेको छ ।
त्यस्तै शनिबार थप ९३ जना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोराना संक्रमणमुक्त हुनेको संख्या २७२४३५ पुगेको छ । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप तीन जनाको मृत्यु भएको । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३०२७ पुगेको छ । क्वारेन्टाइनमा ५९ जना छन् भने आइसोलेसनमा १२८८ जना सक्रिय संक्रमित रहेका मन्त्रालयले जनाएको छ ।