थप १५६ जनामा कोरोना संक्रमण, ७० जना संक्रमणमुक्त
काठमाडौं । नेपालमा थप १५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप १५६ मा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २७६६६५ पुगेको छ ।
त्यस्तै शुक्रबार थप ७० जना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोराना संक्रमणमुक्त हुनेको संख्या २७२३४२ पुगेको छ । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप चार जनाको मृत्यु भएको । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३०२४ पुगेको छ । क्वारेन्टाइनमा ५२ जना छन् भने आइसोलेसनमा १२९९ जना सक्रिय संक्रमित रहेका मन्त्रालयले जनाएको छ ।