थप १२० जनामा कोरोना संक्रमण
काठमाडौं । नेपालमा थप १२० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप १२० मा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २७६५०९ पुगेको छ ।
त्यस्तै बिहीबार थप ८५ जना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोराना संक्रमणमुक्त हुनेको संख्या २७२२७२ पुगेको छ । क्वारेन्टाइनमा ५५ जना छन् भने आइसोलेसनमा १२१७ जना सक्रिय संक्रमित रहेका मन्त्रालयले जनाएको छ ।