थप १४५ जनामा कोरोना संक्रमण, एकको मृत्यु
काठमाडौं । नेपालमा थप १४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप १४५ मा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २७६३८९ पुगेको छ ।
त्यस्तै बुधबार थप ९० जना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोराना संक्रमणमुक्त हुनेको संख्या २७२१८७ पुगेको छ । त्यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३०२० पुगेको छ । क्वारेन्टाइनमा ५२ जना छन् भने आइसोलेसनमा ११८२ जना सक्रिय संक्रमित रहेका मन्त्रालयले जनाएको छ ।