थप ७७ जनामा कोरोना संक्रमण
काठमाडौं । नेपालमा थप ७७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ७७ मा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २७५९०६ पुगेको छ ।
त्यस्तै आइतबार थप १०६ जना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोराना संक्रमणमुक्त हुनेको संख्या २७१९२१ पुगेको छ । क्वारेन्टाइनमा ४८ जना छन् भने आइसोलेसनमा ९६९ जना सक्रिय संक्रमित रहेका मन्त्रालयले जनाएको छ ।