खोपको दोस्रो मात्रा वैशाख ७ गतेदेखि ११ गतेसम्म लगाइने



काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरसविरुद्धको पहिलो चरणको खोप लगाएका व्यक्तिलाई दोस्रो मात्रा आगामी वैशााख ७ देखि ११ गतेसम्म प्रदान गरिने भएको छ ।

मन्त्रालयको इन्सिडेन्ट कमाण्ड सिस्टम(आइसिएस)को बैठकले गत माघ १४ गतेदेखि फागुन १० गतेसम्म खोप लगाएका लागि वैशाख ७ देखि ११ गतेसम्म दोस्रो मात्रा दिने भएको हो । पहिलो चरणमा चार लाख २९ हजारले खोप लगाएका थिए ।

मन्त्रालयका प्रवक्ता प्रा डा जागेश्वर गौतमले दोस्रो चरण गत फागुन २३ गतेदेखि यही चैत ३ गतेसम्म खोपको पहिलो मात्रा लगाएकालाई दोस्रो मात्रा लगाउने सूचनापछि प्रकाशन गरिने जानकारी दिए । दोस्रो चरणअन्तर्गत ६५ वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई खोप प्रदान गरिएको थियो ।

यस्तै दोस्रो प्राथमिकतामा परेका ५५ वर्षदेखि ६४ वर्षसम्मका नागरिकलाई खोपको पहिलो मात्रा दिनेबारे पछि सूचना जारी गरिने भएको छ । मन्त्रालयले दैनिक गर्दै आएको पत्रकार सम्मेलन भोलिबाट हप्ताको दुई दिन आइतबार र बुधबार मात्र सञ्चालन गरिने उनको जानकारी दिए ।

भारत सरकारले उपहारस्वरुप प्रदान गरेको पहिलो खेपको बाँकी मौज्दातसहित सम्पूर्ण खोपको मात्राको मौज्दात विवरण दुई दिनभित्र केन्द्रमा पठाउन पनि निर्देशन दिने निर्णय गरेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
हङ्कङ फ्लुको उपचार के छ ?

-डा. शेरबहादुर पुन केही दिनअघि एक परिचित व्यक्तिलाई एक महिनादेखि खोकीले नछोडेको भनि

चेतनाको अभावले घरमै हुन्छन् सुत्केरी

गलकोट । बागलुङको निसीखोला गाउँपालिकामा गत वर्ष मात्र ६० जनाभन्दा बढी घरमै सुत्केरी

काभ्रेका केही किशोरीले लगाउन मानेनन् ‘एचपिभी’ खोप

काभ्रे । राष्ट्रिय खोप कार्यक्रमअन्तर्गत काभ्रेपलाञ्चोकका कक्षा ६ देखि १० सम्म अध्यनरत ९५

कीर्तिपुर ‘जलन अस्पताल’को पीडा

– गौरी प्रधान देशमा राष्ट्रिय स्तरको एक सक्षम, व्यवस्थित र गुणस्तरीय जलन सम्वन्धी