उपराष्ट्रपतिले लगाए कोभिडविरुद्धको खोप



काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुनले कोरोनाविरुद्धको खोप लगाएका छन् । मंगलबार अपराह्न वीर अस्पताल पुगेर उनले खोप लगाएका हुन् । स्वास्थ्य सेवा विभागको आग्रहमा उनले कोरोनाविरुद्धको खोप लगाएका उपराष्ट्रपतिको सचिवालयले जनाएको छ ।

उपराष्ट्रपतिले आफूले खोप लगाएसँगै ढुक्क भएर सबैलाई खोप लगाउन पनि आग्रह गरेका छन् । सरकारले देशव्यापीरुपमा कोरोनाविरुद्धको खोप अभियान सञ्चालन गरिरहेको छ । यसअघि अत्यावश्यक सेवामा काम गर्ने व्यक्तिले खोप लगाइसकेका छन् । अहिले ६५ वर्षमाथिका ज्येष्ठ नागरिकले धमाधम खोप लगाइरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
हङ्कङ फ्लुको उपचार के छ ?

-डा. शेरबहादुर पुन केही दिनअघि एक परिचित व्यक्तिलाई एक महिनादेखि खोकीले नछोडेको भनि

चेतनाको अभावले घरमै हुन्छन् सुत्केरी

गलकोट । बागलुङको निसीखोला गाउँपालिकामा गत वर्ष मात्र ६० जनाभन्दा बढी घरमै सुत्केरी

काभ्रेका केही किशोरीले लगाउन मानेनन् ‘एचपिभी’ खोप

काभ्रे । राष्ट्रिय खोप कार्यक्रमअन्तर्गत काभ्रेपलाञ्चोकका कक्षा ६ देखि १० सम्म अध्यनरत ९५

कीर्तिपुर ‘जलन अस्पताल’को पीडा

– गौरी प्रधान देशमा राष्ट्रिय स्तरको एक सक्षम, व्यवस्थित र गुणस्तरीय जलन सम्वन्धी