नेपालमा मृगौलासम्बन्धि विशेषज्ञ सेवा छिट्टै प्रारम्भ हुने



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा मृगौलासम्बन्धि विशेषज्ञ सेवा छिट्टै प्रारम्भ हुने बताएका छन् । विश्व मृगौला दिवसका अवसरमा काठमाडौंमा बिहीबार बिहान आयोजित चेतनामुलक प्रभातफेरि कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले छिटै त्यस्तो केन्द्र स्थापना गर्न मृगौलाविद् एवं चिकित्सा शास्त्र अध्ययन संस्थानकी डिन प्राध्यापक डा. दिव्या सिंह शाह सहितका विज्ञहरु क्रियाशिल रहनु भएको जानकारी दिए ।

प्रधानमन्त्रीले मृगौलालाई रोगहरुबाट कसरी बचाउन सकिन्छ र रोग लागिहालेमा प्रत्यारोपणसहितको सम्पूर्ण उपचार सेवा स्वदेशमै कसरी उपलब्ध गराउनेसमेत गरी मुख्य दुई कुरामा ध्यान केन्द्रित गर्नुपर्ने बताए ।

‘मृगौला रोगको साथमा स्वस्थ्य जीवन’को नारासहितआज नेपालसहित विश्वभर मृगौलादिवस मनाईँदैछ । उपचार, प्राथमिक परीक्षण, प्रयोगशाला र विशेषज्ञ चिकित्सकका लागि धेरै टाढा जान नपरोस् भन्ने आफूहरुको उद्देश्य रहेको उनले बताए ।

यो रोग जसलाई पनिहुन सक्ने भएकोले सबै जना सजग हुनुपर्ने प्रधानमन्त्रीको भनाइ थियो । पहिलो पटक मृगौला प्रत्यारोपण गर्दा स्वदेशमा त्यस सम्बन्धी विशेषज्ञ सेवा नभएका कारण आफू विदेश जानु परेको कुरालाई प्रधानमन्त्रीले स्मरण गरे ।

उनले भने, ‘केही मानिसहरुले मलाई ‘बाहिर गएर उपचार गरायो’भने, तर म रहरले वा बाहिर पैसा बुझाउनका लागि गएको थिइँन, यहाँ सुविधा नहुँदा गएको थिएँ। ’ मृगौला रोग जस्तो जटिलताबाट बच्न स्वस्थ्य जीवन यापनका लागि आग्रह गर्दै प्रधानमन्त्रीले यसबारेका प्रचारलाई थप व्यापक बनाउनु पर्नेमा पनि जोड दिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
अमेरिकाबाट आएको सहयोगको अवस्थाका बारेमा जानकारीसहित प्रतिवेदन सार्वजनिक गर्नुपर्छः सांसद बास्कोटा

काठमाडौँ । नेकपा एमालेका सांसद गोकुलप्रसाद बाँस्कोटाले अमेरिकाबाट कुन–कुन शीर्षकमा कति सहयोग आयो

मुलुकको अवस्थाकाबारेमा पूर्वराजाले दिएको अभिव्यक्ति सदनले सुन्नुपर्छः गौतम

काठमाडौं । राष्ट्रियसभाका सदस्य वामदेव गौतमले पूर्वराजा ज्ञानेन्द्र शाहलाई दल खोलेर निर्वाचनमा भाग

सरकारप्रति विश्वास र भरोसा नरहेकाले प्रधानमन्त्रीलाई राजीनामा दिन सांसद सापकोटाको सुझाव

काठमाडौं । नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागेको छ ।

व्यापारीको स्वार्थ पूर्ति गर्न समाजमा जनता  लडाउने काम भयो : अध्यक्ष लिङ्देन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले गणतन्त्र लुटतन्त्रमा परिणत हुन्छ भने