थप ६६ जनामा कोरोना संक्रमण
काठमाडौं । नेपालमा थप ६६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ६६ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २७४७२१ पुगेको छ ।
त्यस्तै आइतबार थप ५८ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै कोरोना संक्रमणमुक्त हुनेको संख्या २७०८८६ पुगेको छ । कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा कसैको पनि मृत्यु नभएको मन्त्रालयले जनाएको छ । क्वारेन्टाइनमा ५३ जना छन् भने आइसोलेसनमा ८२५ जना सक्रिय संक्रमित रहेका मन्त्रालयले जनाएको छ ।