गण्डकी प्रदेशस्तरीय कोरोना खोप भण्डारगृहको शिलान्यास



पोखरा । पोखरामा कोभिड–१९ विरुद्धको खोप भण्डारगृह निर्माण हुने भएको छ । पोखरा महानगरपालिका–१२ रामघाटस्थित गण्डकी प्रदेश स्वास्थ्य तालीम केन्द्रको परिसरमा निर्माण हुने भण्डार गृहको शुक्रबार गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले शिलान्यास गरे ।

सङ्घीय आयोजना कार्यान्वयन एकाइ कास्कीको ७५ लाख तीन हजार ५७३ (भ्याट बाहेक) रुपैयाँको लागतमा खोप भण्डारगृह आगामी विसं २०७८ वैशाख १७ गतेभित्रमा निर्माण गरी सक्ने गरी यही फागुन १७ गते न्यू केपी कन्स्ट्रक्सन काठमाडौँसँग ठेक्का सम्झौता गरिएको प्रदेश स्वास्थ्य व्यवस्थापन केन्द्रका निर्देशक खिमबहादुर खड्काले जानकारी दिए ।

एक करोड १२ लाख ३६ हजार ४३५ लागत अनुमान रहेकामा सो रकममा निर्माण कम्पनीसँग सम्झौता गरिएको बताइन्छ । निर्देशक खड्काका अनुसार भण्डारगृह निर्माण सम्पन्न भएपछि दुईदेखि आठ सेन्टीग्रेट तापक्रममा ४० लाख जनसङ्ख्यालाई पुग्ने खोप व्यवस्थितरुपमा भण्डारण गर्न सकिनेछ । कोरोना महामारी अन्त्यपछि गृहलाई अन्य खोपको भण्डारगृहका रुपमा विकास गर्ने योजना रहेको जनाइएको छ ।

मुख्यमन्त्री गुरुङले कोरोना महामारीपछि स्वास्थ्य संरचना, उपकरण तथा जनशक्ति व्यवस्थापनमा राज्यले ठूलो लगानी गरेको बताए ।
गण्डकी प्रदेशका ११ जिल्ला अस्पताल र एउटा प्रदेश सङ्क्रामक तथा सरुवा रोग अस्पताललार्ई शुरुवातदेखि नै सुदृढीकरणका लागि सरकारले काम गरेको जानकारी दिँदै मुख्यमन्त्री गुरुङले पूर्वाधार, जनशक्ति, स्वास्थ्य उपकरण, उपकरण सुविधासम्पन्न बनाइएको उल्लेख गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नसर्ने रोगको पहिचानः काभ्रेमा एक महिने ‘स्क्रीनिङ’अभियान

काभ्रे।  नसर्ने रोगको रोकथामका लागि काभ्रेपलाञ्चोकमा एक महिने ‘स्क्रीनिङ’ अभियान थालिएको छ ।

हङ्कङ फ्लुको उपचार के छ ?

-डा. शेरबहादुर पुन केही दिनअघि एक परिचित व्यक्तिलाई एक महिनादेखि खोकीले नछोडेको भनि

चेतनाको अभावले घरमै हुन्छन् सुत्केरी

गलकोट । बागलुङको निसीखोला गाउँपालिकामा गत वर्ष मात्र ६० जनाभन्दा बढी घरमै सुत्केरी

काभ्रेका केही किशोरीले लगाउन मानेनन् ‘एचपिभी’ खोप

काभ्रे । राष्ट्रिय खोप कार्यक्रमअन्तर्गत काभ्रेपलाञ्चोकका कक्षा ६ देखि १० सम्म अध्यनरत ९५