थप ११२ जनामा कोरोना संक्रमण, ५४ जना संक्रमणमुक्त
काठमाडौं । नेपालमा थप ११२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ११२ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २७३९८४ पुगेको छ ।
त्यस्तै शुक्रबार थप ५४ जना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या २७०२७७ पुगेको छ । पछिल्लो २४ घण्टामा थप चार जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २७७१ पुगेको छ । क्वारेन्टाइनमा ७१ जना छन् भने आइसोलेसनमा ९३६ जना सक्रिय संक्रमित रहेका मन्त्रालयले जनाएको छ ।