थप ९४ जनामा कोरोना संक्रमण, ७१ जना संक्रमणमुक्त



काठमाडौं । नेपालमा थप ९४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ९४ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २७३७६० पुगेको छ ।

त्यस्तै बुधबार थप ७१ जना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या २७०१३९ पुगेको छ । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २६८४ पुगेको छ । क्वारेन्टाइनमा ६३ जना छन् भने आइसोलेसनमा ९३७ जना सक्रिय संक्रमित रहेका मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
अब अस्पताल समयमा चिकित्सकले बाहिर जान नपाउने

चितवन । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले सरकारी अस्पतालमा काम गर्ने समयमा चिकित्सकहरु

त्रियुगा नगर अस्पताल सञ्चालन

उदयपुर । उदयपुरको त्रियुगा नगर अस्पतालले सेवा सञ्चालन गरेको छ । त्रियुगा नगरपालिका–

बागलुङका स्वास्थ्य संस्थामा डेङ्गी परीक्षण किट अभाव

बागलुङ  । धौलागिरी अस्पताल, गलकोट र बुर्तिवाङका प्राथमिक स्वास्थ्य केन्द्रमा डेंगी परीक्षण गर्ने किट

भक्तपुरमा वीर अस्पताल निर्माण प्रक्रिया अघि बढाइने 

काठमाडौँ  । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माण प्रक्रिया अघि बढाउन अर्थ र