थप ८० जनामा कोरोना संक्रमण
काठमाडौं । नेपालमा थप ८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ८० जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २७३४३१ पुगेको छ ।
त्यस्तै आइतबार थप १२१ जना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या २६९८७६ पुगेको छ । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट कसैको मृत्यु नभएको मन्त्रालयले जनाएको छ । क्वारेन्टाइनमा ६८ जना छन् भने आइसोलेसनमा १४९४ जना सक्रिय संक्रमित रहेका मन्त्रालयले जनाएको छ ।