थप १२२ जनामा कोरोना संक्रमण, १४४ संक्रमणमुक्त
काठमाडौं । नेपालमा थप १२२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप १२२ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २७२८४० पुगेको छ ।
त्यस्तै सोमबार थप १४४ जना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या २६९२०४ पुगेको मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २०५५ पुगेको छ । क्वारेन्टाइनमा ७९ जना छन् भने आइसोलेसनमा १५८१ जना सक्रिय संक्रमित रहेका मन्त्रालयले जनाएको छ ।