थप १०५ जनामा कोरोना संक्रमण, २७२ संक्रमणमुक्त
काठमाडौं । नेपालमा थप १०५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप १०५ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २७१७०७ पुगेको छ ।
शुक्रबार थप २७२ जनामा कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै कोरोना संक्रमणमुक्त हुनेको संख्या २६७५६४ पुगेको छ । पछिल्लो २४ घण्टामा थप दुई जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २०३५ पुगेको छ । क्वारेन्टाइनमा ९२ जना छन् भने आइसोलेसनमा २१०८ सक्रिय संक्रमित रहेका मन्त्रालयले जनाएको छ ।