थप ७७६ जनामा कोरोना संक्रमण, ९४७ जना संक्रमणमुक्त
काठमाडौं । नेपालमा थप ७७६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ७७६ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २५१६९२ पुगेको छ ।
त्यसैगरी बिहीबार थप ९४७ जना संक्रमणमुक्त भएका छन् । योसँगै कोरोना संक्रमणमक्त हुनेको संख्या २४०३६३ पुगेको छ । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप ६ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १७४९ पुगेको छ । क्वारेन्टाइनमा ४४४ जना छन् भने आइसोलेसनमा ९५८० जना सक्रिय संक्रमित रहेका मन्त्रालयले जनाएको छ ।