अमेरिकामा सोमबारदेखि कोभिडविरुद्धको खोप लगाउन शुरु गरिने



संयुक्त राज्य अमेरिकामा सोमबारदेखि कोरोना भाइरस विरुद्धको खोप लगाउन शुरु गरिने भएको छ । अमेरिकाको खाद्य तथा औषधि व्यवस्था विभागले आपतकालिन प्रयोगका लागि अनुमति दिए लगत्तै खोप अभियान शुरु गर्न लागिएको हो ।

अमेरिकी कम्पनी फाइजर र उसको जर्मन साझेदार वायोएनटेकले निर्माण गरेको खोप नै अमेरिकामा पहिलोपटक लगाउन लागिएको हो । पहिलो चरणको खोप कार्यक्रमका लागि ३० लाख डोज खोप सबै राज्यहरुमा यसै हप्ताभित्र पठाइसक्ने जनाइएको छ ।

अन्य देशमा जस्तै अमेरिकामा पनि स्वास्थ्यकर्मी र ज्येष्ठ नागरिकहरुबाट नै खोप अभियान शुरु गरिने भएको छ । खोपले कोरोना विरुद्ध ९५ प्रतिशत सुरक्षा प्रदान गर्ने निर्माता कम्पनीको दाबी छ । कोरोना संक्रमणका कारण अमेरिकामा हालसम्म ३ लाखभन्दा बढी मानिसको मृत्यु भइसकेको छ भने १ करोड ६५ लाखभन्दा बढी संक्रमित भइसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
म्याक्रोनले युक्रेनमा शान्तिका लागि ट्रम्पलाई ‘प्रस्ताव’ पेस गर्ने

वासिङ्टन । फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनले सोमबार वासिङ्टनमा आफ्ना अमेरिकी समकक्षी डोनाल्ड ट्रम्पसँग

अफगानिस्तानमा बेलायती दम्पती पक्राउ

लण्डन । अफगानिस्तानमा तालिबान अधिकारीहरूले एक वृद्ध बेलायती दम्पतीलाई पक्राउ गरेका छन् ।

कुर्स्कका बासिन्दाहरूलाई निकाल्न युक्रेनसँग ‘सम्झौता’ भएको रुसको भनाइ

मस्को । युक्रेनले कब्जा गरेको कुर्स्क क्षेत्रका बासिन्दाहरूको उद्धारका लागि मस्कोले किएभ र

मध्य मेक्सिकोमा बन्दुकधारीको आक्रमणबाट आठ जनाको मृत्यु

मेक्सिको । मेक्सिकोको हिंसात्मक हुने स्थानमध्येको एक राज्य सेलायामा बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा