पाँच अस्पताल प्रदेश मातहत राख्ने सरकारको निर्णय



काठमाडौं । सरकारले स्थानीय तहको मातहतमा रहेका पाँच अस्पताललाई प्रदेश सरकार मातहतमा राख्ने निर्णय गरेको छ ।

मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्न बुधबार आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले वाग्मती प्रदेश सरकारको निर्णयलाई स्वीकृत गर्दै स्थानीय तह रहेका पाँच अस्पताललाई प्रदेश सरकार मातहतमा राखिएको जानकारी दिए ।

उनका अनुसार चरीकोट अस्पताल दोलखा, मेथिनकोट अस्पताल काभ्रे, बज्रबाराही चापागाउँ अस्पताल ललितपुर, बकुलर रत्ननगर अस्पताल चितवन र टोखा चण्डेश्वरी प्राथमिक स्वास्थ्य केन्द्र काठमाडौँ रहेका छन् । उनले ती सबै अस्पताल प्रदेश मातहतमा राख्ने निर्णय वाग्मती प्रदेश सरकारले निर्णय गरेपछि मन्त्रिपरिषद्ले निर्णय गरेको बताए ।

यस्तै बैठकले राजपत्राङ्कित प्रथम श्रेणीका सहसचिव डा पे्रमनारायण कँडेललाई कृषि तथा वन सेवाको सामुहीकरण (क्लष्टर) तर्फको राजपत्राङ्कित विशिष्ट श्रेणीको पदमा बढुवा गर्ने निर्णय गरेको छ । यस्तै सरकारले राजपत्राङ्कित विशिष्ट श्रेणीका तीन जनालाई सरुवा गर्ने निर्णय गरेको छ ।

सरकारका प्रवक्ता गुरुङका अनुसार तोयानारायण ज्ञवालीलाई प्रमुख सचिव मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय लुम्बिनी प्रदेशबाट सचिव प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, अर्जुनप्रसाद पोखरेललाई प्रमुख सचिव मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय प्रदेश २ बाट राजपत्राङ्कित विशिष्ट श्रेणी अतिरिक्त समूह र गोकर्णमणि दुवाडीलाई राजपत्राङ्कित विशिष्ट श्रेणी अतिरिक्त समूहबाट प्रमुख सचिव मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय प्रदेश २ मा सरुवा गर्ने निर्णय गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नेपाल मानवअधिकारको रक्षा र प्रवर्द्धनमा सधैँ प्रतिबद्ध छः परराष्ट्रमन्त्री राणा

काठमाडौं । परराष्ट्रमन्त्री डा आरजु राणाले नेपाल मानवअधिकारको संरक्षण र प्रवद्र्धनमा सदैव प्रतिबद्ध

एक्लै चुनाव लडेर कांग्रेस र एमाले भन्दा ठूलो पार्टी बनाउछौंः प्रचण्ड

झापा । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकार फेर्ने पक्षमा आफुहरु

गगन थापाको चेतावनीः सरकारमा हामीलाई कहीँ कतैपनि दुव्र्यवहार भयो भने सहेर बस्दैनौं

प्यूठान । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कानूनको शासनमा सम्झौता गर्नुपरे सरकार छाड्ने

एकीकृत समाजवादीको निष्कर्षः सरकारबाटै भ्रष्टाचारी संरक्षण भए

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले वर्तमान सरकार नालायक र दमनकारी बन्दै गएको आरोप