थप १०५६ जनालाई कोरोना संक्रमण, १४८३ जना संक्रमणमुक्त
काठमाडौं । नेपालमा थप १०५६ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप १०५६ जनालाई संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २४४४३३ पुगेको छ ।
त्यसैगरी बुधबार थप १४८३ जना संक्रमणमुक्त भएका छन् । योसँगै कोरोना संक्रमणमुक्त हुनेको संख्या २३०५३७ पुगेको मन्त्रालयले जनाएको छ । त्यसैगरी पछिल्लो २४ घण्टामा थप १४ जनाको मृत्यु भएको छ योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १६५१ पुगेको छ । क्वारेन्टाइनमा ५२५ जना रहेका छन् भने आइसोलेसनमा १२२४५ जना सक्रिय संक्रमित रहेका छन् ।