मुलुकभर एकैपटक ३९६ आधारभूत अस्पताल निर्माणको काम सुरु



काठमाडौं । सरकारले मुलुकभर एकैपटक ३९६ आधारभूत अस्पताल निर्माण कार्य शुरु गरेको छ । सात प्रदेशका ७५३ स्थानीय तहलाई समेटेर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ५, १० र १५ शैय्याका ३९६ आधारभूत अस्पताल निर्माण शुरु गरेको हो ।

अस्पताल निर्माणका क्रममा सोमबार ललितपुरको गोदावरी नगरपालीका अन्तर्गत बज्रवाराहीमा १५ शैयाको अस्पताल निर्माणको शिलान्यास गरिएको छ ।

अर्थमन्त्री विष्णु पौडेलले बज्रवाराही चापागाउँ अस्पतालको शिलान्यास गरेका हुन् । सो क्रममा मन्त्री पौडेलले जनताको आधारभूत स्वास्थ्य अधिकार प्रत्याभूत गर्नका लागि देशभर नै अस्पताल निर्माण गर्न लागिएको बताए । उनले स्थानीय तहको माग र आवश्यकताका आधारमा अस्पताल निर्माण शुरु गरिएको जानकारी दिए ।

मन्त्री पौडेलले देशभर निर्माण हुने अस्पतालमा बजेट अभाव हुन नदिने पनि स्पष्ट पारे । सोमबार सम्ममा ३ सय भन्दा बढी भवनको शिलान्यास भइसकेको छ । अन्य स्थानमा छिटै प्राविधिक समस्या समाधान गर्दै अस्पताल निर्माण सुरु गरिने जानकारी उनले दिए ।

त्यस्तै मन्त्री पौडेलले वर्तमान सरकारलाई जनमत प्राप्त सरकार भएकाले पाँच बर्षसम्म ढुक्कले काम गर्ने दावी गरे । जनताको आधारभूत आवश्यकतालाई परिपूर्ति गर्दै मुलुकलाई बिकासको बाटोमा लैजाने काम वर्तमान सरकारले गरेको उनले बताए ।

सरकारको योजना अनुसार प्रदेश १ मा ८६, प्रदेश २ मा ५३, प्रदेश ३ मा ५१, प्रदेश ४ मा ५३, प्रदेश ५ मा ५७, प्रदेश ६ मा ४२, र प्रदेश ७ मा ५४ रहनेछन् । यही आर्थिक वषभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको अस्पताल भवन निर्माणको कुल बजेट ५८ अर्ब छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
स्वास्थ्य बीमाको सीमालाई पाँच लाखको पुर्याउँछु भनेर स्वास्थ्य मन्त्रीले सपना बाँडेको सांसद कार्कीको आरोप

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डा. तोसिमा कार्कीले स्वास्थ्यमन्त्री प्रदीप पौडेललाई मार्ग

नसर्ने रोगको पहिचानः काभ्रेमा एक महिने ‘स्क्रीनिङ’अभियान

काभ्रे।  नसर्ने रोगको रोकथामका लागि काभ्रेपलाञ्चोकमा एक महिने ‘स्क्रीनिङ’ अभियान थालिएको छ ।

हङ्कङ फ्लुको उपचार के छ ?

-डा. शेरबहादुर पुन केही दिनअघि एक परिचित व्यक्तिलाई एक महिनादेखि खोकीले नछोडेको भनि

चेतनाको अभावले घरमै हुन्छन् सुत्केरी

गलकोट । बागलुङको निसीखोला गाउँपालिकामा गत वर्ष मात्र ६० जनाभन्दा बढी घरमै सुत्केरी