काठमाडौं महानगरपालिकाद्वारा कान्ति बाल अस्पताललाई पिसिआर मेसिन प्रदान



काठमाडौं । काठमाडौं महानगरपालिकाले कान्ति बाल अस्पताललाई कोरोना परीक्षणका लागि पिसिआर मेसिन प्रदान गरेको छ । सोमबार महानगरले अस्पतालका निर्देशक डा. कृष्ण प्रसाद पौडेललाई मेसिन हस्तान्तरण गरेको हो ।

चीनको नानजिङ सहरले दिएको उक्त मेसिन अस्पताललाई हस्तान्तरण गरिएको महानगरका प्रमुख बिद्यासुन्दर शाक्यले जानकारी दिए । कोभिड–१९ रोकथाम र नियन्त्रणका लागि बिभिन्न संस्था र राष्ट्रबाट प्राप्त मेसिन सरकारी अस्पतालहरुलाई प्रदान गर्ने महानगरको योजना अनुसार नै उक्त मेसिन बाल अस्पताललाई प्रदान गरिएको उनले बताए ।

शाक्यले छिटो मेसिन जडान गरी सेवा सुरु गर्न अस्पताललाई आग्रह पनि गरेका छन् । मेसिन हस्तान्तरण कार्यक्रममा अस्पतालका निर्देशक डा. पौडेलले पिसिआर मेसिन अहिलेको अवस्थामा निकै महत्वपूर्ण रहेको भन्दै बिभिन्न रोगको अध्ययनमा पनि पिसिआर मेसिन प्रयोगमा ल्याइने बताए ।

उनले छिटै अस्पतालमा अक्सिजन प्लान्टको सुरुवात गर्ने जानकारी दिए । उनले कान्ति अस्पतालममा हालसम्म ३२ जना बालबालिकालाई कोरोना पोजेटिभ देखिएको र दुई जनाको ज्यान गएको जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
शल्यचिकित्सक समाजको चौधौँ राष्ट्रिय सम्मेलन पोखरामा

  गण्डकी । शल्यचिकित्सक समाज नेपालको चौधौँ राष्ट्रिय सम्मेलन पोखरामा जारी छ ।

चिनियाँ दूतावासद्वारा ‘छत्रपाटी निःशुल्क चिकित्सालय’लाई विद्युतीय सवारी हस्तान्तरण

  काठमाडौँ । उपप्रधान एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले नेपाल छिमेकीसँगै अन्तर्राष्ट्रिय समुदायसँग

६ वर्षमा पनि बनेन गजेन्द्रनारायण सिंह अस्पतालको भवन

राजविराज (सप्तरी)। तीन सय शय्याको गजेन्द्रनारायण सिंह अस्पतालमा निर्माण थालिएको छ वर्षमा पनि

स्वास्थ्य सेवा ऐन ल्याउने सरकारको तयारी

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले तीनै तहमा समायोजन भएका स्वास्थ्य सेवाका कर्मचारीको