काठमाडौं महानगरपालिकाद्वारा कान्ति बाल अस्पताललाई पिसिआर मेसिन प्रदान



काठमाडौं । काठमाडौं महानगरपालिकाले कान्ति बाल अस्पताललाई कोरोना परीक्षणका लागि पिसिआर मेसिन प्रदान गरेको छ । सोमबार महानगरले अस्पतालका निर्देशक डा. कृष्ण प्रसाद पौडेललाई मेसिन हस्तान्तरण गरेको हो ।

चीनको नानजिङ सहरले दिएको उक्त मेसिन अस्पताललाई हस्तान्तरण गरिएको महानगरका प्रमुख बिद्यासुन्दर शाक्यले जानकारी दिए । कोभिड–१९ रोकथाम र नियन्त्रणका लागि बिभिन्न संस्था र राष्ट्रबाट प्राप्त मेसिन सरकारी अस्पतालहरुलाई प्रदान गर्ने महानगरको योजना अनुसार नै उक्त मेसिन बाल अस्पताललाई प्रदान गरिएको उनले बताए ।

शाक्यले छिटो मेसिन जडान गरी सेवा सुरु गर्न अस्पताललाई आग्रह पनि गरेका छन् । मेसिन हस्तान्तरण कार्यक्रममा अस्पतालका निर्देशक डा. पौडेलले पिसिआर मेसिन अहिलेको अवस्थामा निकै महत्वपूर्ण रहेको भन्दै बिभिन्न रोगको अध्ययनमा पनि पिसिआर मेसिन प्रयोगमा ल्याइने बताए ।

उनले छिटै अस्पतालमा अक्सिजन प्लान्टको सुरुवात गर्ने जानकारी दिए । उनले कान्ति अस्पतालममा हालसम्म ३२ जना बालबालिकालाई कोरोना पोजेटिभ देखिएको र दुई जनाको ज्यान गएको जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नसोचेको खुशी पाउँदा …

सिरहा ।संसार देख्ने आँखा अचानक बन्द भइदिँदा कति अन्धकार हुँदो हो ! दैनिकी

नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा डा. भुसाल नियुक्त

काठमाडौं । नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा प्राध्यापक डाक्टर चोपलाल भुसाल नियुक्त भएका छन्

फार्मेसीका कर्मचारी प्रतिष्ठान मातहत ल्याउन माग

धरान । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सञ्चालित फार्मेसीमा कार्यरत कर्मचारीलाई अस्पताल

विवाहपूर्व ‘सिकलसेल कुण्डली’ मिलाउन सुझाव

  तुलसीपुर । सिकलसेल एनिमिया वंशानुगत रोग हो । नेपालमा विशेषगरी थारू समुदायमा