रवि लामिछाने दम्पत्तिलाई कोरोना संक्रमण
काठमाडौं । सञ्चारकर्मी रवि लामिछानेलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
सामाजिक सञ्जाल फेसबुकमार्फत लामिछानेले आफू र श्रीमती निकीतालाई पनि कोरोना पोजेटिभ भएको जानकारी दिएका हुन्।
हल्का ज्वरो आएपछि मंगलबार गरेको पीसीआर परीक्षणमा आफूहरूको पोजेटिभ रिपोर्ट आएको उनले जानकारी दिए ।