चिकित्सकको भत्ता ५ सय प्रतिशत बृद्धि गर्न सरकारी चिकित्सक संघको माग



कोरोना संक्रमणबाट मृत्यु भएका चिकित्सक सापकोटालाई सहिद घोषणा गर्न गोदानको माग

काठमाडौं । सरकारी चिकित्सक संघ नेपालले कोभिड नियन्त्रणको अग्रपंक्तिमा रहेर काम गर्ने चिकित्सक तथा स्वास्थ्यकर्मीको सुरक्षामा सरकारले ध्यान नदिएको भन्दै विभिन्न माग अघि सारेको छ ।

संघले शुक्रबार विज्ञप्ति जारी गरी लकडाउनलाई मात्र समाधान ठानी राज्य विभिन्न राजनीतिक नियुक्ति गर्न, दिवसहरू मनाउन, पदक बाँड्न तथा समय समयमा कोभिड भत्ता दिने केवल वाचा मात्र गर्न व्यस्त देखिएको भन्दै आपत्ति जनाएको हो ।

संघले सम्पूर्ण कर्मचारी, सुरक्षाकर्मी आदिलाई तत्काल यथेष्ट मात्रामा गुणस्तरीय मास्क, फेस सिल्ड, सेनिटाइजर लगायत सामग्री उपलब्ध गराउन माग गरेको छ । त्यसैगरी चिकित्सक भत्ता स्वरूप पाँच सय प्रतिशत वृद्धि, वृत्ति विकास र सामाजिक सुरक्षाका विषय स्वास्थ्य मन्त्रालयको प्रस्ताव बमोजिम यथाशीघ्र लागू गर्न माग गरेको छ ।

उसले पटक पटकको लकडाउनलाई समाधान नभई युद्दस्तरको तयारीको अवसरका रूपमा लिई अघि बढ्नसमेत आग्रह गरेको छ । त्यस्तै संघले राष्ट्रलाई आवश्यक रहेका चिकित्सक, नर्स तथा स्वास्थ्यकर्मीको स्थायी पदपूर्ति तत्काल लोकसेवामार्फत यथेष्ट मात्रामा द्रुत प्रक्रियाबाट गर्नसमेत माग गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
जुम्लाकोटमा क्षयरोगका नयाँ बिरामी पत्ता लगाउन ‘स्क्रिनिङ’ गरिँदै

जुम्ला । जुम्ला जिल्लाको जुम्लाकोटमा क्षयरोगका नयाँ बिरामी पत्ता लगाउन तिला गाउँपालिकाले ‘स्क्रिनिङ’

मोटो व्यक्तिमा जोखिम कस्तो छ त ?

– डा अवनिभूषण उपाध्याय केही वर्षअघिसम्म मोटो व्यक्तिलाई स्वस्थ एवं खाइलाग्दो व्यक्तिको रूपमा

आधारभूत अस्पताल निर्माण : घोषणा भयो, कार्यान्वयन भएन

गण्डकी । कास्कीको अन्नपूर्ण गाउँपालिकामा १५ शय्याको आधारभूत अस्पताल भवन निर्माण भएको वर्षदिन

स्वास्थ्य बीमाको सीमालाई पाँच लाखको पुर्याउँछु भनेर स्वास्थ्य मन्त्रीले सपना बाँडेको सांसद कार्कीको आरोप

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डा. तोसिमा कार्कीले स्वास्थ्यमन्त्री प्रदीप पौडेललाई मार्ग