रिएजेन्ट सकिएपछि भरतपुर अस्पतालमा कोरोना परीक्षण रोकियो



चितवन । चितवनको भरतपुर अस्पतालले सञ्चालन गरेको भरतपुर कोभिड–१९ प्रयोगशालामा पिसीआर परीक्षणको रिएजेन्ट सकिएपछि मङ्गलबारदेखि प्रयोगशाला बन्द भएको छ । यहाँ सङ्कलन भएको नमूना काठमाडौँ पठाउन थालिएको छ । प्रयोगशाला प्रमुख डा नीतु अधिकारीका अनुसार सोमबार रिएजेन्ट सकिएपछि यहाँ परीक्षण गर्न रोकिएको छ ।

मङ्गलबार मात्र ३२५ वटा नमुना राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु पठाइएको उनले जानकारी दिए । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, जनस्वास्थ्य प्रयोगशालालगायत अन्य प्रयोगशालामा रिएजेन्ट खोज्ने काम भइरहेको अधिकारीको भनाइ छ । प्रयोगशालामा चाहिने आर एन ए एब्सट्याक्सन किट र पिसीआर रिएजेन्ट मध्ये रिएजेन्ट अभाव भएको हो ।

जिल्लामा निजी क्षेत्रमा चितवन मेडिकल कलेज र विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले पिसीआर परीक्षण गर्दै आएका छन् । ती दुवै संस्थाले शुल्क लिएर परीक्षण गर्दछन् । भरतपुर प्रयोगशालाले भने निःशुल्क परीक्षण गरिरहेको छ । गत चैत २२ गते शुरु भएको यस प्रयोगशालाले हालसम्म २५ हजारभन्दा बढी नमूनाको परीक्षण गरिसकेको छ । चितवनसहित बाहिरी जिल्लाबाट समेत नमूना परीक्षणका लागि यहाँ पठाइने गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
धनगढी उपमहानगरपालिकामा ‘विशेषज्ञ चिकित्सा वडा क्लिनिक सेवा’

काठमाडौं । कैलालीको स्वास्थ्य क्षेत्रमा रहेका विभिन्न समस्याका बारेमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका

जुम्लाकोटमा क्षयरोगका नयाँ बिरामी पत्ता लगाउन ‘स्क्रिनिङ’ गरिँदै

जुम्ला । जुम्ला जिल्लाको जुम्लाकोटमा क्षयरोगका नयाँ बिरामी पत्ता लगाउन तिला गाउँपालिकाले ‘स्क्रिनिङ’

मोटो व्यक्तिमा जोखिम कस्तो छ त ?

– डा अवनिभूषण उपाध्याय केही वर्षअघिसम्म मोटो व्यक्तिलाई स्वस्थ एवं खाइलाग्दो व्यक्तिको रूपमा

आधारभूत अस्पताल निर्माण : घोषणा भयो, कार्यान्वयन भएन

गण्डकी । कास्कीको अन्नपूर्ण गाउँपालिकामा १५ शय्याको आधारभूत अस्पताल भवन निर्माण भएको वर्षदिन