डा. केसीलाई जबरजस्ती ट्रमा सेन्टर लगेको बिरोधमा समर्थकहरुद्वारा माइतीघरमा प्रदर्शन



काठमाडौं । चिकित्सा शिक्षा क्षेत्रको सुधारको माग गर्दै सत्याग्रहमा रहेका डा. गोविन्द्र केसीको माग पुरा गर्नुपर्ने र प्रहरीले जबरजस्ती ट्रमा सेन्टर लगेको बिरोधमा मंगलबार काठमाडौंको माइतीघरमा प्रदर्शन गरिएको छ ।

‘सोलिडारिटी फर डा. केसी एलायन्स’ ले मंगलबार गोविन्द केसीको तस्वीरले मुख ढाक्दै माइतीघरमा बिरोध प्रदर्शन गरेको हो । गोविन्द केसीको माग पुरा गर, गोविन्द केसीको जीवन रक्षा गर, लुटतन्त्र बन्द गर जस्ता प्लेकार्ड बोकेर झरीमा पनि प्रदर्शन गरिएको थियो ।

डा. केसीले अघि सारेका कोरोना भाइरस (कोभिड(१९) को पीसीआर परीक्षण व्यापक बनाउनुपर्ने, निःशुल्क गुणस्तरीय शिक्षा र स्वास्थ्यमा समान पहुँचको सुनिश्चिता हुनुपर्ने लगायतका माग पुरा गर्नुपर्ने प्रदर्शनमा सहभागीहरुको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
धनगढी उपमहानगरपालिकामा ‘विशेषज्ञ चिकित्सा वडा क्लिनिक सेवा’

काठमाडौं । कैलालीको स्वास्थ्य क्षेत्रमा रहेका विभिन्न समस्याका बारेमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका

जुम्लाकोटमा क्षयरोगका नयाँ बिरामी पत्ता लगाउन ‘स्क्रिनिङ’ गरिँदै

जुम्ला । जुम्ला जिल्लाको जुम्लाकोटमा क्षयरोगका नयाँ बिरामी पत्ता लगाउन तिला गाउँपालिकाले ‘स्क्रिनिङ’

मोटो व्यक्तिमा जोखिम कस्तो छ त ?

– डा अवनिभूषण उपाध्याय केही वर्षअघिसम्म मोटो व्यक्तिलाई स्वस्थ एवं खाइलाग्दो व्यक्तिको रूपमा

आधारभूत अस्पताल निर्माण : घोषणा भयो, कार्यान्वयन भएन

गण्डकी । कास्कीको अन्नपूर्ण गाउँपालिकामा १५ शय्याको आधारभूत अस्पताल भवन निर्माण भएको वर्षदिन