अब दुई घण्टामै पिसिआर परीक्षणको नतिजा



चितवन । चितवन मेडिकल कलेजले दुई घण्टामा नै कोरोनाको पिसिआर परीक्षणको नतिजा दिन थालेको छ । अस्पतालले र्यापिड एन्टिजेन टेष्ट मार्फत छिटो नतिजा दिन आजदेखि सो सेवा शुरुआत गरेको हो । यसका लागि तीन हजार तिर्नुपर्ने हुन्छ । कलेजको प्रयोगशालामा गएको एक महिनामा पाँच हजार २९२ जनाको कोरोनाको पिसिआर परीक्षण गरेको छ ।

तीमध्ये ९५३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको थियो । कलेजले गत भदौ ३ गतेबाट पिसिआर परीक्षण थालेको हो । कलेजका सञ्चार संयोजक डा किशोर अधिकारीका अनुसार सङ्क्रमितमध्ये ५५६ जना पुरुष र ३९७ जना महिला रहेका छन् । कूल सङ्ख्यालाई हेर्दा परीक्षण गरिएकामध्ये १८ प्रतिशतमा कोरोना सङ्क्रमण देखिएको हो । सङ्क्रमण भई अस्पतालमा उपचाररतमध्ये हालसम्म १३ जनाको मृत्यु भएको छ । अस्पतालले २२१ जना सङ्क्रमितको उपचार गरिसकेको जनाएको छ ।

हाल अस्पतालमा ९७ जना उपचाररत रहेका छन् । उनका अनुसार तीनजना भेन्टिलेटर र ४३ जनाको कोभिड सघन उपचार कक्षमा उपचार भइरहेको छ । अन्यको अवस्था सामान्य छ । अस्पतालमा उपचारका क्रममा रहेकामध्ये ४५ पुरुष र ५२ महिला रहेका छन् । कलेजका अध्यक्ष एवं प्रबन्ध निर्देशक प्राडा हरिशचन्द्र न्यौपानेले चार करोडभन्दा बढी खर्च गरेर प्रयोगशाला स्थापना गरिएको जानकारी दिए ।

नेपालमा नै निजी क्षेत्रबाट कोरोना रोगको परीक्षण र उपचारमा आफ्नो मेडिकल कलेजको भूमिका नेतृत्वदायी भएको उनको भनाइ छ । सरकारको निजी क्षेत्र प्रतिको धारणा सकारात्मक हुन सकेमा रोग नियन्त्रण र उपचारमा निजी क्षेत्रले थप योगदान गर्न सक्ने उनले जानकारी दिए । कलेजले हाल दुई हजारमात्र लिएर पिसिआर परीक्षण गर्दै आएको छ ।

भरतपुर अस्पतालको प्रयोगशालामा परीक्षण गर्न ढिला भएका नमूनाहरुको परीक्षण पनि कलेजले गर्दै आएको छ । स्वास्थ्य बीमा पिसिआर परीक्षणमा लागू भएमा सहज हुने निर्देशक डा न्यौपाने भनाइ छ । जिल्लामा भरतपुर अस्पतालको कोभिड–१९ प्रयोगशाला र बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको प्रयोगशालामा नमूना परीक्षणको काम भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
कर्णालीका हिमाली जिल्लामा देखिन थाल्यो औलो रोग

कर्णाली । कर्णालीका हिमाली जिल्लामा औलो देखिएको छ । सडक सञ्जालले हिमाली जिल्ला

सर्वसाधारणलाई ‘लू’बाट बच्न स्वास्थ्य मन्त्रालयको आग्रह

काठमाडौँ ।  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले तातो हावा ‘लू’बाट बच्न सर्वसाधारणलाई आग्रह गरेको

कोल्डड्रिङ्क्सको सट्टा कागती पानी 

डा अरुणा उप्रेती । गर्मीयाम सुरु भएसँगै तीर्खा मेट्नका लागि विभिन्न चिसो पेय

सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा १२ सयको मिर्गौला प्रत्यारोपण

  भक्तपुर । सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले स्थापनाको १२ वर्षमा एक हजार