कर्णाली प्रदेशमा २१ तथा कैलाली र कञ्चनपुरमा थप २० जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौं । कर्णाली प्रदेशमा गरिएको परीक्षणमा थप २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । दैलेख, कालिकोट, सल्यान, हुम्ला, बर्दिया, अछाम, डडेल्धुरा, कञ्चनपुर र दार्चुलामा गरी थप २१ जनामा संक्रमण पुष्टि भएको हो ।
त्यस्तै कैलाली र कञ्चनपुरमा गरी थप २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सेती प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा थप २० जनामा संक्रमण पुष्टि भएको हो ।