गुणस्तरहीन स्यानिटाइजर उत्पादन गर्ने पाँच उद्योगलाई कारबाही



काठमाडौं । औषधि व्यवस्था विभागले मापदण्डविपरीत स्यानिटाइजर उत्पादन गर्ने पाँच उद्योगलाई कारबाही गरेको छ ।

मानव स्वास्थ्यमा गम्भीर असर पार्ने विषाक्त मिथानोल केमिकल प्रयोग गरेर स्यानिटाइजर उत्पादन गरेपछि काठमाडौंका चार र भक्तपुरका एक गरी कूल पाँच उद्योगलाई क्षतिपूर्तिसहितको जरिवाना र बन्द गर्ने तयारी गरिएको विभागले जनाएको हो ।

काठमाडौँको हाइजिङ सोप एन्ड केमिकलले उत्पादन गर्ने ‘इन्सेटेन्ट ह्यान्ड सेनिटाइजर ओरिजिनल’, आधार केमिकल एन्ड फुड इन्डस्ट्रीले उत्पादन गर्ने ‘एड्भान्स ह्यान्ड स्यानिटाइजर’, सर्च केम कम हर्बल प्रोडक्टले उत्पादन गर्ने ‘इन्सटेन्ट ह्यान्ड स्यानिटाइजर रिफ्रेरिसङ जेल’ र सूर्यमुखी हर्बल प्रोडक्टले उत्पादन गर्ने ‘सूर्यमुखी ह्यान्ड स्यानिटाइजर’ तथा भक्तपुरका नेपाल कायाकल्प उद्योगले उत्पादन गर्ने ‘इन्सटेन्ट ह्यान्ड स्यानिटाइजर’ मा विषाक्त मिथानोल रहेको पाइएको विभागका महानिर्देशक नारायणप्रसाद ढकालले जानकारी दिए ।

विभागले बजारमा बिक्री वितरणमा रहेको विभिन्न उद्योगका ह्यान्ड स्यानीटाइजरहरुको नमूना सङ्कलन गरी औषधि व्यवस्था विभागको प्रयोगशालमा गरिएको परीक्षणमा ती उद्योगले मापदण्डविपरीत मानव स्वास्थ्यमा गम्भीर असर पार्ने केमिकल प्रयोग गरेर स्यानिटाइजर उत्पादन गरेको पाइएको हो । मापदण्डविपरीत उत्पादन गरिएका ती स्यानिटाइजरहरु प्रयोग नगर्न विभागले सर्वसधारणलाई सूचनामार्फत आग्रह पनि गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
कान्ति बाल अस्पतालमा काठमाडौँ महानगरपालिकाले मोडुलर अपरेसन थिएटर निर्माण र उपकरण जडान गरिदिने

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले कान्ति बाल अस्पतालमा मोडुलर अपरेसन थिएटर निर्माण गरिदिने भएको

सिकलसेलको औषधि ल्याएर वितरण गर्ने प्रधानमन्त्रीको घोषणा

धरान ।  प्रधानमन्त्री केपी शर्मा ओलीले छिमेकी मुलुक भारतमा उत्पादन र परीक्षण भएको

घट्दै डेङ्गु सङ्क्रमण

काठमाडौँ । घट्दो तापक्रम र डेङ्गु नियन्त्रणका लाागि गरिएका विभिन्न अभियानले डेङ्गु सङ्क्रमण

धवलागिरि आयुर्वेद औषधालयको स्तरोन्नति

बागलुङ । गण्डकी प्रदेश सरकारले धवलागिरि आयुर्वेद औषधालयमा भर्ना भएरै बिरामीको उपचार गर्ने