बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा कोरोना परीक्षण सुरु



चितवन । बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा रहेको प्रयोगशालालाई व्यवस्थित गरी आजबाट कोरोना परीक्षण थालिएको छ ।

अस्पतालका कार्यकारी निर्देशक डा देवकुमार गौतमका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुले सञ्चालनको अनुमति दिएसँगै आजबाट प्रयोगशाला सञ्चालनमा ल्याइएको हो ।

आइतबार स्वाब सङ्कलन गरिएका ११७ वटा नमूना परीक्षणका लागि राखिएको छ । ती नमूनाको नतिजा आजै आउने उनले जानकारी दिए । अस्पतालले पिसिआर परीक्षण शुल्क तीन हजार ५ सय रुपैयाँ तय गरेको छ । एक दिनमा चार सयसम्म नमूनाको परीक्षण गर्न सकिने उनकोे भनाइ छ ।

अस्पतालमा देशभर र भारतबाटसमेत बिरामी उपचारका लागि आउने गर्दछन् । पिसिआर परीक्षण गरेर मात्र अस्पतालले उपचार थाल्ने गरेको छ । प्रयोगशाला सञ्चालनमा आएसँगै उपचारमा सहज हुने गौतमको भनाइ छ । सङ्क्रमणका कारण आइतबारसम्म अस्पतालका ४६ चिकित्सक र स्वास्थ्यकर्मी सङ्क्रमित भइसकेका छन् ।

समयमा पिसिआर परीक्षणको नतिजा नआउँदा सङ्क्रमित हुने चिकित्सक, स्वास्थ्यकर्मी र बिरामी बढ्दै गएपछि अस्पतालले आफ्नै प्रयोगशालालाई व्यवस्थित गरेर सञ्चालनमा ल्याएको हो । सो बाहेक जिल्लामा सरकारीतर्फ भरतपुर अस्पताल र निजीतर्फ चितवन मेडिकल कलेजले प्रयोगशाला सञ्चालन गर्दै आएका छन् ।

सरकारी प्रयोगशालामा नमूनाको चाप उच्च भएकाले नतिजा आउन एक सातासम्म कुर्नुपर्ने बाध्यता छ । क्यान्सर अस्पतालले बिपी जयन्तीको अवसरमा भदौ २४ गते प्रयोगशालाको विधिवत उद्घाटन गर्ने जनाएको छ । जिल्लामा हालसम्म सङ्क्रमितको सङ्ख्या एक हजार ३८ पुगेको छ । सङ्क्रमणकै कारण यहाँका अस्पतालमा २२ जनाको मृत्यु भइसकेको छ । जसमध्ये १२ जना चितवनका हुन ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सबै नेपालीलाई नागरिक बीमामा जोड्नु पर्छः स्वास्थ्यमन्त्री पौडेल

ललितपुर ।  स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले सबै नेपाली नागरिकलाई अनिवार्य बिमामा जोड्नुपर्ने

स्वास्थ्य सेवा ऐनको मस्यौदा अन्तिम चरणमा छः स्वास्थ्यमन्त्री पौडेल

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले स्वास्थ्य सेवा ऐनको मस्यौदा अन्तिम चरणमा

धनगढी उपमहानगरपालिकामा ‘विशेषज्ञ चिकित्सा वडा क्लिनिक सेवा’

काठमाडौं । कैलालीको स्वास्थ्य क्षेत्रमा रहेका विभिन्न समस्याका बारेमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका

जुम्लाकोटमा क्षयरोगका नयाँ बिरामी पत्ता लगाउन ‘स्क्रिनिङ’ गरिँदै

जुम्ला । जुम्ला जिल्लाको जुम्लाकोटमा क्षयरोगका नयाँ बिरामी पत्ता लगाउन तिला गाउँपालिकाले ‘स्क्रिनिङ’