वीर अस्पताललाई कोभिड अस्पतालका रुपमा प्रयोग गरिने



काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले वीर अस्पताललाई कोभिड १९ अस्पतालका रुपमा प्रयोग गर्ने निर्णय गरेको छ । काठमाडौंको वीर अस्पताललाई कोभिड १९ को अस्पतालको रुपमा प्रयोग गर्ने र त्यहाँ आएका अन्य नियमित सेवा राष्ट्रिय ट्रमा सेन्टरबाट दिने निर्णय भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिए ।

आइतबार बसेको इन्सिडेन्ट कमाण्ड सिस्टमको बैठकले विभिन्न शिक्षण संस्थामा स्वास्थ्यस सम्बन्धी अध्ययनरत विद्यार्थीलाई कोभिड १९ को उपचार तथा नियन्त्रणका लागि खटाउने निर्णय पनि गरेको प्रवक्ता गौतमले जानकारी दिए । त्यस्तै उपत्यकामा गम्भीर अवस्थाका कोरोना संक्रमति उपचाकरा लागि ६० वेडको आइसीयु व्यवस्थापन गर्न बजेट छुट्टाइएको उनले बताए । त्रिवि शिक्षण अस्पताल र धुलिखेल अस्पतालमा ६० वेडको आइसीयु थप गर्न बजेट थप भएको उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सबै नेपालीलाई नागरिक बीमामा जोड्नु पर्छः स्वास्थ्यमन्त्री पौडेल

ललितपुर ।  स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले सबै नेपाली नागरिकलाई अनिवार्य बिमामा जोड्नुपर्ने

स्वास्थ्य सेवा ऐनको मस्यौदा अन्तिम चरणमा छः स्वास्थ्यमन्त्री पौडेल

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले स्वास्थ्य सेवा ऐनको मस्यौदा अन्तिम चरणमा

धनगढी उपमहानगरपालिकामा ‘विशेषज्ञ चिकित्सा वडा क्लिनिक सेवा’

काठमाडौं । कैलालीको स्वास्थ्य क्षेत्रमा रहेका विभिन्न समस्याका बारेमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका

जुम्लाकोटमा क्षयरोगका नयाँ बिरामी पत्ता लगाउन ‘स्क्रिनिङ’ गरिँदै

जुम्ला । जुम्ला जिल्लाको जुम्लाकोटमा क्षयरोगका नयाँ बिरामी पत्ता लगाउन तिला गाउँपालिकाले ‘स्क्रिनिङ’