भारतद्वारा चीनका ११७ वटा एपमाथि प्रतिबन्धित



चीन र भारतबीच तनाव बढिरहेको बेला दिल्लीले थप ११८ वटा चिनियाँ मोबाइल एपलाई प्रतिबन्ध लगाएको छ । प्रतिबन्ध लगाइएका एपमा चर्चित भिडिओ गेम पब्जी र विच्याट लगायत धेरै एप टेन्सेन्ट कम्पनीका उत्पादन छन् ।

यसअघि भारत सरकारले टिकटक सहितका ५९ वटा निकै लोकप्रिय एपहरूलाई राष्ट्रिय सुरक्षाको सरोकार देखाउँदै प्रतिबन्ध लगाएको थियो । पछिल्लोपटक प्रतिबन्धित गरिएका एपले राष्ट्रिय स्वार्थविरुद्ध काम गरिरहेको ’विश्वस्त सूचना’ आफूसँग रहेको भारतको सूचना प्रविधि मन्त्रालयले जनाएको छ ।

भारतले सर्च इञ्जिन बाइडुका दुईवटा एप, क्यामकार्डको बिजनेस कार्ड स्क्यानर, अलिबाबाको रकम भुक्तानीसम्बन्धी अलिपे, विद्युतीय व्यापारसम्बन्धी ताओबाओ एप, मार्भल सुपरवार सहितका खेलका एपमा प्रतिबन्ध लगाएको छ । मन्त्रालयले ती एपबारे विभिन्न स्रोतहरूबाट थुप्रै उजुरी परेको जनाएको छ ।

मन्त्रालयले ती एपले ’एन्ड्रोइड र आइओएसमा रहेका प्रयोगकर्ताका विवरणको दुरूपयोग र गोप्य एवम् अनाधिकृत रूपबाट भारतबाट बाहिर सारेको’ उजुरी परेको जनाएको छ । अमेरिकाले हालै चिनियाँ एपहरूविरुद्ध कदम चालेको छ । उसले टिकटकलाई प्रतिबन्ध लगाउने चेतावनी दिँदै अमेरिकी कम्पनीहरूलाई टेन्सेन्टका विच्याट एपसँग कारोबार नगर्न आदेश दिएको छ ।

ह्वाइट हाउसका प्रेस सल्लाहकार पिटर नभारोले अमेरिकी प्रशासनले अन्य चिनियाँ एपप्रति पनि आफ्नो ध्यान खिचिएको बताएका छन् । भारतको निर्णय विवादित हिमालय क्षेत्रमा चीनसँग सीमामा तनाव बढेको बेला गरिएको छ । भारत र चीन दुवैले जुन महिनामा लद्दाख क्षेत्रमा थप बलहरू तैनाथ गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
चीनको मिथानोल–डिजेल इन्जिन सार्वजनिक

बेइजिङ । चीनले साङ्घाईमा उच्च क्षमताको मिथानोल–डिजेल डुअल जहाज इन्जिन सार्वजनिक गरेको छ

अस्ट्रियामा कन्जर्भेटिभ नेतृत्वको गठबन्धनल सरकार बनाउने

भियना । अस्ट्रियाको कन्जरभेटिभ पिपुल्स पार्टी (ओईभीपी) ले बिहीबार दुई मध्यमार्गी दलसँग मिलेर

जलवायु प्रकोपका कारण अफगानिस्तानमा ५० लाखभन्दा बढी मानिस विस्थापित

काबुल । जलवायु प्रकोपका कारण सन् २०२४ मा अफगानिस्तानमा ५० लाखभन्दा बढी मानिस

चीनद्वारा दुई नयाँ उपग्रह प्रक्षेपण

जिउक्वान। चीनले बिहीबार लङ मार्च–२सी क्यारियर रकेट प्रक्षेपण गरेको छ, जसले दुईवटा भू–उपग्रहलाई