सेती प्रादेशिक अस्पतालमा प्लाज्ला थेरापीबाट कोरोना संक्रमितको उपचार सुरु
काठमाडौ । कैलालीको धनगढीस्थित सेती प्रादेशिक अस्पतालले प्लाज्ला थेरापीबाट कोरोना संक्रमितको उपचार सुरु गरेको छ । मध्यम तथा कडा खालको कारोना संक्रमितको प्लाज्मा थेरापीबाट उपचार सुरु गरेको अस्पतालले जनाएको छ । यसका लागि कोरोना संक्रमणबाट मुक्त भएको व्यक्तिको रगत चाहिने भएकाले कोरोरा संक्रमण व्यक्तिलाई रक्तदानका लागि आग्रह गरेको छ ।