सरकारी कर्मचारी सरह तलव सुविधा माग गर्दै सिभिल अस्पतालका स्वास्थ्यकर्मी आन्दोलित
काठमाडौं । निजामती कर्मचारी अस्पतालका कर्मचारीहरूले आफूहरूले सरकारी कर्मचारीले सरह तलव सुविधाहरू पाउनु पर्ने माग गरेका छन् ।
अस्पतालमा कार्यरत कर्मचारीहरुको संगठन ‘निजामती कर्मचारी अस्पताल कर्मचारी संघ’ले कर्मचारीले पाउने तलब, सेवा सुविधा, बीमा लगायत सरकारले तोके अनुसार नभएको भन्दै आइतबारदेखि आन्दोलन शुरु गरेको हुन् ।
अस्पतालका कर्मचारी र स्वास्थ्यकर्मीलाई समेत तलव, ग्रेड, भत्ता, वढुवा लगायतका सुविधाहरूमा विभेद गरिएको भन्दै उनीहरूले ९ बुँदे मागपत्र अघि सारेका छन्।
सम्बन्धित निकाय तथा पदाधिकारीको ध्यानाकर्षणको लागि आफूहरूले विरोधका कार्यक्रम अघि सारेको भएपनि अस्पतालको सेवामा कुनै असर पर्न नदिएको निजामती कर्मचारी अस्पताल कर्मचारी संघले जनाएको छ।