स्वास्थ्य मन्त्रालयले भन्यो-पीसीआर परीक्षणका लागि भनसुन नगर्नु होला



काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरसको पीसीआर परीक्षणका लागि भनसुन नगर्न आग्रह गरेको छ । शनिबार आयोजित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जोखिम र सङ्क्रमणको सम्भावना भएका व्यक्तिलाई मात्र परीक्षण गरी चाँडै सङ्क्रमित पत्ता लगाई रोकथाम गर्नका लागि पिसीआर परीक्षण गरिने भएकाले अन्यले परीक्षणका लागि भनसुन नगर्न आग्रह गरेका हुन् ।

“भएका स्रोत साधनको समुचित प्रयोग गर्नु हामी सबैको कर्तव्य हो, कोभिड–१९ को परीक्षण गर्ने उपकरण र रिएजेन्ट नेपालमा बन्दैन”, उनले भने, “त्यसैले धेरै नै धनराशि विदेशिने गर्दछ भन्नेले सबैले बुझ्नुपर्ने र आवश्यकताका आधारमा मात्र परीक्षण गर्नुपर्दछ ।”

कोभिड–१९ का सामग्री विश्वभरि नै माग भइरहेको अवस्थामा अभाव हुनसक्ने भएकाले शङ्कास्पद र जोखिमका मानिसले मात्र परीक्षण गर्न उनले आग्रह गरे । शङ्कास्पद बिरामी, कन्याट्याक्ट ट्रेसिङमा परेका मानिस, निश्चित समुदायमा नमूना परीक्षणका लागि तोकिएका व्यक्तिलाई निःशुल्क परीक्षण सरकारले गर्दै आइरहेको छ ।

पीसीआर परीक्षण आफूखुसी गर्न चाहनेले सःशुल्क गर्ने व्यवस्था सरकारले मिलाएको छ । पीसीआर परीक्षणका लागि मन्त्रालयले तोकेका प्रयोगशाला र अस्तपालले पाँच हजार ५ सय रुपैयाँ शुल्क लिएर गर्ने गर्दछन् ।

मन्त्रालयले पीसीआर परीक्षणका लागि आवश्यक सामग्री महङ्गो र अभाव भएकाले अनावश्यकरूपमा धेरै परीक्षण नगर्न÷नगराउन उनले अनुरोध गरेका छन् । नेपालमा हालसम्म छ लाख ६९ हजार ६२६ जनाको पिसीआर परीक्षण गर्दा ३७ हजार ३४० जनामा सङ्क्रमण देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सेवा विस्तार गर्दै रामपुर अस्पताल

रामपुर (पाल्पा), । सामान्य उपचारका लागि पाल्पाको तानसेन, स्याङ्जाको वालिङ, बुटवल जाने स्थानीय

सिकलसेलको अध्ययन गर्न जापानी चिकित्सक दाङमा

तुलसीपुर । जापानी नागरिक डा युका नाकामुराले थारू समुदायमा लाग्ने सिकलसेल एनिमिया रोगको

ज्वाइँ–जेठानले स्वदेशमै देखेको अवसर

ढोरपाटन । कुँडुले फेँदी । समथर भू–भाग । चारैतिर हरियाली गहुँ बालीले ढाकिएका

कोरोनाका सक्रिय सङ्क्रमित बढ्दै

काठमाडौं । कोरोना भाइरसको सक्रिय सङ्क्रमित फेरि बढ्न थालेको पाइएको छ । स्वास्थ्य