१२ प्रहरीसहित गण्डकी प्रदेशमा थप २० जनामा कोरोना संक्रमण
काठमाडौं । गण्डकी प्रदेशमा शुक्रबार थप २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । लमजुङको बेशीसहरमा कार्यरत १२ जना प्रहरी, एकजना थुनुवा र बेशीसहर नगरपालिका ८ का ४७ वर्षीया महिलालाई संक्रमण पुष्टि भएको छ । त्यस्तै लमजुङ जिल्ला सामुदायिक अस्पताल, बेसीशहरमा कार्यरत एक जना कर्मचारीलाई पनि संक्रमण भएको छ ।
त्यस्तै नवलपुरको देबचुली १ का ५४ वर्षीया महिला स्वास्थ्यकर्मीलाई पनि संक्रमण भएको छ । अरु चाहिं कन्ट्याक्ट ट्रेसिङबाट पत्ता लागेका हुन् । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २,०५६ पुगेको छ ।