तीन अस्पताल कोरोना विशेष अस्पतालमा सूचीकृत
काठमाडौं । सरकारले बिभिन्न तीन अस्पताललाई कोरोना विशेष अस्पतालमा सूचीकृत गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले थप तीन अस्पतालाई कोरोना विशेष अस्पतालमा रुपान्तरण गरेको जानकारी दिए ।
काठमाडौँको कान्तिपुर अस्पताल, जनमैत्री अस्पताल र वीरगन्जको नेसनल मेडिकल कलेज टिचिङ अस्पताललाई कोरोना विशेष अस्पतालमा सूचीकृत गरिएको हो ।
यसैगरी कोरोना संक्रमितको उपचारका लागी केन्द्रमा १ हजार, प्रदेशिक अस्पतालमाहरु १ हजार ९ सय ५७ बेड थप गरिएको उनले बताए । त्यस्तै बिभिन्न ६४९ स्थानीय निकायहरुमा जनशक्ति सहितको ५/५ बेडका दरले ३ हजार २ सय ४५ गरी जम्मा ६ हजार २ सय २ बेड थप्ने निर्णय उनले बताए ।