बुटवलमा कोरोना सङ्क्रमितको प्लाज्मा थेरापीबाट उपचार शुरु



बुटवल । लुम्बिनी प्रादेशिक अस्पताल बुटबलमा कोरोना सङ्क्रमित बिरामीको प्लाज्मा थेरापीबाट उपचार शुरु गरिएको छ । कोरोना विशेष आइसोलेसन कक्षमा भेन्टिलेटरमा रहेकी रुपन्देहीकी एक ७० वर्षीया महिलालाई प्लाज्मा थेरापीबाट उपचार शुरु गरिएको हो ।

पहिलो पटक चिकित्सकबाटै रगत लिएर प्लाज्मा थेरापी शुरु गरिएको अस्पतालका कोरोना फोकल पर्सन डा. सुदर्शन थापाले जानकारी दिए ।कोरोनाको औषधि तथा खोप पत्ता नलागिसकेका अवस्थामा सङ्क्रमितको स्वास्थ्यावस्थामा सुधार ल्याउन प्लाज्मा थेरापी विधिबाट उपचार शुरु गरिएको थापाले बताए ।

उनका अनुसार अहिले कोरोना अस्पतालको सघन उपचार कक्षमा १७ सङ्क्रमितको उपचार भइरहेको छ । तीमध्ये दुई जनाान अन्य स्वास्थ्य समस्या आएकाले भेन्टिलेटरको सहायतामा उपचार गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नारायणी अस्पतालमा ‘मेमोग्राम’ जडान अन्तिम चरणमा

वीरगंज ।  नारायणी अस्पताल वीरगन्जमा स्तन क्यान्सरको पहिचान र परीक्षणका लागि ‘मेमोग्राम’ उपकरण

चिकित्सक अभावमा प्रादेशिक अस्पतालको सेवा प्रभावित

जलेश्वर । चिकित्सक अभावमा महोत्तरीको जलेश्वरस्थित प्रादेशिक अस्पतालको सेवा प्रभावित भएको छ ।

शल्यचिकित्सक समाजको चौधौँ राष्ट्रिय सम्मेलन पोखरामा

  गण्डकी । शल्यचिकित्सक समाज नेपालको चौधौँ राष्ट्रिय सम्मेलन पोखरामा जारी छ ।

चिनियाँ दूतावासद्वारा ‘छत्रपाटी निःशुल्क चिकित्सालय’लाई विद्युतीय सवारी हस्तान्तरण

  काठमाडौँ । उपप्रधान एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले नेपाल छिमेकीसँगै अन्तर्राष्ट्रिय समुदायसँग