विश्व स्वास्थ्य सङ्गठनले भन्यो-१२ वर्षदेखिका बालबालिकाले मात्रै वयस्कले जसरी नै मास्क लगाउनुपर्छ



विश्व स्वास्थ्य सङ्गठनले १२ वर्षदेखिका बालबालिकाले कोरोनाभाइरस सङ्क्रमणबाट जोगिन वयस्कहरूले जस्तै मास्क लगाउनुपर्ने सुझाव दिएको छ । बालबालिकाहरूले कसरी भाइरस सार्छन् भन्ने धेरै थाहा नभएको स्वीकार गर्दै सङ्गठनले १२ वर्षदेखिका बालबालिका तथा किशोरकिशोरीले वयस्कले जसरी नै सङ्क्रमण फैलाउन सक्ने प्रमाण भएको उल्लेख गरेको छ ।

पाँच वर्ष वा त्योभन्दा मुनिका बालबालिकाले प्रायः मास्क लगाउनु नपर्ने उसले बताएको छ । अहिलेसम्म विश्वभरि आठ लाखभन्दा बढी मानिसको कोरोनाभाइरस सङ्क्रमणका कारण मृत्यु भइसकेको छ । जोन्स हप्किन्स विश्वविद्यालयले सङ्कलन गरेको तथ्याङ्कले विश्वभिर २.३ करोड मानिसमा सङ्क्रमण पुष्टि भएको देखाउँछ ।

तीमध्ये सर्वाधिक व्यक्ति अमेरिका, ब्रजिल र भारतका हुन् । तर पर्याप्त परीक्षण नभएको तथा धेरै जनामा लक्षण नदेखिएकाले वास्तविक सङ्क्रमितको सङ्ख्या एकदमै उच्च भएको बताइन्छ । दक्षिण कोरिया, युरोप तथा लेबननमा फेरि सङ्क्रमितको सङ्ख्या बढिरहेको छ ।

विश्व स्वास्थ्य सङ्गठनका प्रमुख टेड्रोस एड्हानोम गेहब्रेयससले दुई वर्षभित्र कोरोनाभाइरस महामारी सकिने आशा व्यक्त गरेका छन् । तर वेलायतका एक वैज्ञानिक सल्लाहकारले कोभिड १९ कहिल्यै उन्मूलन नहुन सक्ने चेतावनी दिँदै मानिसहरूलाई निरन्तर खोप चाहिन सक्ने बताएका छन् ।

डब्ल्यूएचओको वेबसाइटमा प्रकाशित सुझावले तीनवटा उमेर समूहलाई समेटेको छ।

१. बाह्र वर्ष वा त्यसभन्दा बढी उमेरका बालबालिकाले वयस्कहरूले जस्तै मास्क लगाउनुपर्छ ( एकअर्काबाट एक मिटरको दूरी कायम गर्न नसकिने परिस्थिति तथा कोरोनाभाइरस फैलिरहेको क्षेत्रमा ।

२. छदेखि ११ वर्षसम्मका बालबालिकाका लागि सङ्क्रमण कति व्यापक छ तथा उच्च जोखिम भएका व्यक्तिसँग उनीहरूको उठबस कत्तिको छ त्यो विचार गर्नुपर्ने सङ्गठनको सुझाव छ । बालबालिकाले मास्क प्रयोग गर्दा सुरक्षित रूपमा लाउन वा फुकाल्न ठूला मानिसको सहयोग चाहिने उसले जोड दिएको छ।
३. पाँच वर्ष वा त्योभन्दा मुनिका बालबालिकाले सामान्य परिस्थितिमा मास्क लगाउनुपर्दैन ।

शिक्षकहरूका लागि सङ्गठन भन्छः ‘व्यापक रूपमा सङ्क्रमण फैलिएका क्षेत्रमा ६० वर्षमुनिका सबै स्वस्थ वयस्कहरूले एक मिटरको दूरी सुनिश्चित गर्न नसकिए फ्याब्रिक मास्क लगाउनुपर्छ।’ उसका अनुसार बालबालिकासँग उठबस हुने व्यक्तिहरूका लागि यो विशेष महत्वपूर्ण छ।

साठी वर्ष वा त्योभन्दा बढी उमेरका व्यक्ति तथा स्वास्थ्यस्थिति कमजोर भएका व्यक्तिले मेडिकल मास्क लगाउनुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सरकारीमा कार्यरत चिकित्सकले निजी स्वास्थ्य संस्थामा पूर्णकालीनरुपमा कार्य गर्नु कानुनविपरीतः स्वास्थ्य मन्त्रालय

  काठमाडौँ ।  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले चिकित्सक तथा स्वास्थ्यकर्मीले निजी स्वास्थ्य संस्थामा

डा भगवान कोइरालाको अगुवाइमा बन्न लागेको बाल अस्पताललाई शर्माले गरे २० लाख सहयोग

    काठमाडौँ । प्रतिनिधिसभा सदस्य तथा व्यवसायी डा सुनील शर्माले वरिष्ठ मुटुरोग

अब दमौली अस्पतालमा १२ घण्टा ओपिडी सेवा

तनहुँ । तनहुँको सदरमुकामस्थित दमौली अस्पतालले बिहीबारदेखि बहिरङ्ग (ओपिडी) सेवा १२ घण्टा सञ्चालन

सेवाग्राहीको विश्वास जित्दै जनस्वास्थ्य प्रयोगशाला

    काठमाडौँ । काठमाडौंको टेकुस्थित स्वास्थ्य सेवा विभाग परिसरमा रहेको राष्ट्रिय जनस्वास्थ्य