विश्व स्वास्थ्य सङ्गठनले भन्यो-१२ वर्षदेखिका बालबालिकाले मात्रै वयस्कले जसरी नै मास्क लगाउनुपर्छ



विश्व स्वास्थ्य सङ्गठनले १२ वर्षदेखिका बालबालिकाले कोरोनाभाइरस सङ्क्रमणबाट जोगिन वयस्कहरूले जस्तै मास्क लगाउनुपर्ने सुझाव दिएको छ । बालबालिकाहरूले कसरी भाइरस सार्छन् भन्ने धेरै थाहा नभएको स्वीकार गर्दै सङ्गठनले १२ वर्षदेखिका बालबालिका तथा किशोरकिशोरीले वयस्कले जसरी नै सङ्क्रमण फैलाउन सक्ने प्रमाण भएको उल्लेख गरेको छ ।

पाँच वर्ष वा त्योभन्दा मुनिका बालबालिकाले प्रायः मास्क लगाउनु नपर्ने उसले बताएको छ । अहिलेसम्म विश्वभरि आठ लाखभन्दा बढी मानिसको कोरोनाभाइरस सङ्क्रमणका कारण मृत्यु भइसकेको छ । जोन्स हप्किन्स विश्वविद्यालयले सङ्कलन गरेको तथ्याङ्कले विश्वभिर २.३ करोड मानिसमा सङ्क्रमण पुष्टि भएको देखाउँछ ।

तीमध्ये सर्वाधिक व्यक्ति अमेरिका, ब्रजिल र भारतका हुन् । तर पर्याप्त परीक्षण नभएको तथा धेरै जनामा लक्षण नदेखिएकाले वास्तविक सङ्क्रमितको सङ्ख्या एकदमै उच्च भएको बताइन्छ । दक्षिण कोरिया, युरोप तथा लेबननमा फेरि सङ्क्रमितको सङ्ख्या बढिरहेको छ ।

विश्व स्वास्थ्य सङ्गठनका प्रमुख टेड्रोस एड्हानोम गेहब्रेयससले दुई वर्षभित्र कोरोनाभाइरस महामारी सकिने आशा व्यक्त गरेका छन् । तर वेलायतका एक वैज्ञानिक सल्लाहकारले कोभिड १९ कहिल्यै उन्मूलन नहुन सक्ने चेतावनी दिँदै मानिसहरूलाई निरन्तर खोप चाहिन सक्ने बताएका छन् ।

डब्ल्यूएचओको वेबसाइटमा प्रकाशित सुझावले तीनवटा उमेर समूहलाई समेटेको छ।

१. बाह्र वर्ष वा त्यसभन्दा बढी उमेरका बालबालिकाले वयस्कहरूले जस्तै मास्क लगाउनुपर्छ ( एकअर्काबाट एक मिटरको दूरी कायम गर्न नसकिने परिस्थिति तथा कोरोनाभाइरस फैलिरहेको क्षेत्रमा ।

२. छदेखि ११ वर्षसम्मका बालबालिकाका लागि सङ्क्रमण कति व्यापक छ तथा उच्च जोखिम भएका व्यक्तिसँग उनीहरूको उठबस कत्तिको छ त्यो विचार गर्नुपर्ने सङ्गठनको सुझाव छ । बालबालिकाले मास्क प्रयोग गर्दा सुरक्षित रूपमा लाउन वा फुकाल्न ठूला मानिसको सहयोग चाहिने उसले जोड दिएको छ।
३. पाँच वर्ष वा त्योभन्दा मुनिका बालबालिकाले सामान्य परिस्थितिमा मास्क लगाउनुपर्दैन ।

शिक्षकहरूका लागि सङ्गठन भन्छः ‘व्यापक रूपमा सङ्क्रमण फैलिएका क्षेत्रमा ६० वर्षमुनिका सबै स्वस्थ वयस्कहरूले एक मिटरको दूरी सुनिश्चित गर्न नसकिए फ्याब्रिक मास्क लगाउनुपर्छ।’ उसका अनुसार बालबालिकासँग उठबस हुने व्यक्तिहरूका लागि यो विशेष महत्वपूर्ण छ।

साठी वर्ष वा त्योभन्दा बढी उमेरका व्यक्ति तथा स्वास्थ्यस्थिति कमजोर भएका व्यक्तिले मेडिकल मास्क लगाउनुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
चितवनका ३१ हजार बढी किशोरीलाई एचपिभी खोप दिइने

चितवन । चितवन जिल्लाका ३१ हजार पाँच सय ७० किशोरीलाई एचपिभी खोप दिइने

निर्वाह भत्ता सरकारी सरह नदिए प्रतिकारमा उत्रने आवासीय चिकित्सकको चेतावनी, मन्त्री र आयोग उपाध्यक्षलाई बुझाए ज्ञापनपत्र

काठमाडौं । आवासीय चिकित्सहरुले सरकारी सरह निर्वाह भत्ता नपाए आन्दोलन गर्ने चेतावनी दिएका

एमपक्स नियन्त्रणका लागि स्वास्थ्यमन्त्री पौडेलद्वारा विमानस्थलमा आकस्मिक बैठक

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले नेपालमा एमपक्स जोखिमसँग जुध्न अपनाइएको सजगताबारे

बाँके कुष्ठरोगको उच्च जोखिममा

बाँके । एक वर्षको अवधिमा जिल्लामा ८४ जना नयाँ कुष्ठरोगी पहिचान भएसँगै बाँको