कोरोना संक्रमणबाट नेपालमा थप ११ जनाको मृत्यु
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ११ जनाको मृत्यु भएको छ । एक महिलासहित ११ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रायका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिएका छन् ।
मोरङ, पर्सा, बारा, सप्तरी, सर्लाही, काठमाडौं, ललितपुर, चितवन, प्यूठान र दोलखामा गरी थप ११ जनाको मृत्यु भएको हो । भेन्टिलेटरमा १५ जनाको र आइसियूमा १३३ जनाको उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।यो सँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १३७ पुगेको छ ।