कोभिडका लागि शैया नछुट्याउने मेडिकल कलेजको पीसीआर परीक्षणको अनुमति खारेज गर्ने



काठमाडौं । स्वास्थ्य मन्त्रालयले सरकारको निर्देशन अनुसार कोरोनाका विरामीका लागि शैया नछुट्याउने मेडिकल कलेजको पीसीआर परीक्षणका लागि दिएको अनुमति खारेज गर्ने चेतावनी दिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बुधबार आयोजित पत्रकार सम्मेलनमा सरकारको निर्देशन पालना नगर्ने मेडिकल कलेजको पीसीआर परीक्षणका लागि दिएको अनुमति खारेज गर्ने चेतावनी दिएका हुन् ।

सरकारले निजी अस्पतालहरुले २० प्रतिशत र मेडिकल कलेजहरुले एक तिहाई शैया कोरोनाका विरामीका लागि छुट्टयाउनु पर्ने निर्णय गरेको छ । तर कोभिड र ननकोभिडका बिरामीलाई एउटै अस्पतालमा राखेर उपचार गर्नु घातक हुने निजी अस्पतालहरुले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
स्वास्थ्य बिमा बोर्डले १० प्रतिशत शुल्क बीमितबाट लिने

काठमाडौं । स्वास्थ्य बिमा बोर्डले बीमित बिरामीबाट पनि १० प्रतिशत शुल्क लिने भएको

बाँकेमा मिर्गौलाका बिरामीलाई सास्ती, चार महिनादेखि पालो कुर्दै

बाँके । समयमा उपचार नपाउँदा मिर्गौलाका बिरामीले सास्ती व्यहोर्नु परेको छ । शिक्षण

अब हेटौँडा अस्पतालमा मिर्गौला प्रत्यारोपण हुने

बागमती । बागमती प्रदेशको राजधानी हेटौँडास्थित हेटौँडा अस्पतालमा मिर्गौला प्रत्यारोपण गर्न सम्झौता भएको

पाल्पामा विवाह भोजमा प्रयोग भएको पानीमा हैजाको जीवाणु

पाल्पा । पाल्पाको बगनासकालीमा विवाह भोजमा प्रयोग भएको पानी दूषित रहेको प्रयोगशालाबाट पुष्टि