स्वास्थ्यकर्मी र सुरक्षाकर्मीसहित पर्सामा थप ६६ जनाका कोरोना संक्रमण
वीरगंज । पर्सामा स्वास्थ्यकर्मी र सुरक्षाकर्मीसहित थप ६६ जना कोरोना संक्रमण पुष्टि भएको छ । नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा आठ वर्षदेखि ७९ वर्ष उम्मेर समूहका १७ जना र ४९ जना पुरुषमा संक्रमण पुष्टि भएको हो । संक्रमित हुनेमा जिल्ला प्रहरी कार्यालय पर्सामा कार्यरत ५ जना र वडा प्रहरी कार्यालय विर्तामा कार्यरत दुई जना सुरक्षाकर्मी छन् ।
त्यस्तै नारायणी अस्पतालमा कार्यरत तीन जना स्वास्थ्यकर्मी र एक जना एम्बुलेन्स चालक संक्रमित भेटिएका मेडिकल सुपरिटेन्डेण्ट डाक्टर मदन उपाध्यायले जानकारी दिए । उनले संक्रमित मध्ये सबैभन्दा बढी पर्साको बहुदरामाई नगरपालिकाका बिभिन्न वडाका रहेका बताए ।
बहुदरामाई नगरपालिकाको हेल्थपोस्टमा साउन ३० गते संक्रलन गरिएका स्वाबको नमुनालाई परिक्षण गर्दा २५ जनामा कोरोना संक्रमण पुष्टी भएको छ भने वीरगंजको विभिन्न वडाका २३ जना संक्रमित भेटिएका छन् । त्यसैगरी बाराको कलैयाका २ जना, पिलवाहाका ३ जना र सिमराका एक जनामा संक्रमण पुष्टि भएको छ ।