कोरोना संक्रमणबाट धुलिखेल अस्पतालमा उपचाररत एक बृद्धको मृत्यु
बनेपा । कोरोना संक्रमणबाट धुलिखेल अस्पतालमा उपचाररत एक जनाको मृत्यु भएको छ । धुलिखेल अस्पतालमा उपचाररत धुलिखेल नगरपालिकाका ९८ वर्षीय वृद्धको मंगलबार बिहान निधन भएको अस्पतालले जानकारी दिएको छ ।
साउन २७ गते कोरोना पुष्टि भएपछि उनलाई धुलिखेल अस्पतालमा राखेर उपचार गरिएको थियो । उनमा कोरोना पोजेटिभ देखिए लगत्तै उनीसँगै बस्ने बुहारी र छोरामासमेत कोरोना पुष्टि भएको छ ।