कपिलवस्तुमा थप २८ जनामा कोरोना संक्रमण
काठमाडौं । कपिलवस्तुमा शुक्रबार थप २८ जनामा कोरोना पोजेटिभ पुष्टि भएको छ । बुद्धपदम मावि केन्द्रबाट संकलन गरिएका २२६ नमुना मध्ये २६ पोजेटिभ १५१ नेगेटिभ र ५० नतिजा प्रतीक्षामा रहेको जिल्ल स्वास्थ्य कार्यालय कपिलवस्तुले जनाएको छ । यससंगै कपिलवस्तुमा सन्क्रमितको संख्या ९३५ पुगेको छ ।
त्यसैगरी चितवनको भरतपुर अस्पतालमा गरिएको परीक्षणमा थप ६ जनामा संक्रमण पुष्टि भएको छ ।