कोरोना संक्रमणबाट जनकपुरका होटल व्यवसायी कृष्ण गिरीको मृत्यु



जनकपुरधाम । जनकपुरधामका होटल व्यवसायी कृष्ण गिरीको कोरोना संक्रमणबाट मृत्यु भएको छ । करिब २० दिनदेखि काठमाडौँमा उपचाररत उनको गएरति मृत्यु भएको गिरीका छोरा डा. सन्तोष गिरीले जानकारी दिएका छन् । उनी मुटु रोगका साथै अन्य रोगबाट समेत ग्रसित थिए । गिरीको स्वाब परीक्षण गर्दा उनलाई कोरोना पोजेटिभ देखिएको थियो ।

होटल रामाका संचालक समेत रहेका गिरीलाई उपचारका लागि काठमाडौं लगिएको थियो । कोरोना संक्रमणबाट धनुषामा अहिलेसम्म ४ जनाको मृत्यु भइसकेको छ । जनकपुरधाम प्रादेशिक अस्पतालको आइसोलेसनमा उपचार गराइरहेकै बेला विदेह नगरपालिका वडा नं. ८ का ६० वर्षीय पुरुषको मंगलवार मृत्यु भएको थियो । कोरोना पोजेटिभ भई गत साउन ८ गते देखि नै ओइसोलेसनमा भर्ना भएका अस्पतालले जनाएको छ ।

आइतवार मृत्यु भएका जनकपुरधामको कदमचौक स्थित विनय तारा फाउन्डेशन अस्पतालमा सुरक्षा गार्डको रुपमा कार्यरत एकजना पुरुषको पनि कारोना संक्रमण रहेको थियो । मिथिला विहारी वडा नम्बर ५ ललियाका उनी थिए ।

एकसाता अघि धनुषाका शहीदनगर नगरपालिका डुमरियाका ३८ वर्षीय एक पुरुषको उपचारको क्रममा मृत्यु भएको थियो । साउन १० गते उपचारका लागि प्रादेशिक अस्पतामा भर्ना गरिएको थियो । भेन्टिलेटरको अभावमा ती युवकलाई विराटनगरतर्फ रेफर गर्दा बाटोमै मृत्यु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
पोखरामा पहिलो पटक मिर्गौला प्रत्यारोपण

गण्डकी । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा पहिलो पटक मिर्गाैला प्रत्यारोपण

स्वास्थ्य बीमा कार्यक्रम धमाधम बन्द गर्दै अस्पतालहरू

काठमाडौं । ठूला–ठूला अस्पतालहरूले स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन नगर्ने भएका छन । स्वास्थ्य

बालबालिकालाई आजदेखि कोभिडविरुद्धको खोप

काठमाडौं । बिहीबारदेखि पाँच वर्षदेखि १२ वर्षमुनिका बालबालिकाका लागि कोरोना भाइरसविरुद्धको खोप ‘फाइजर

ललितपुर महानगरले ल्यायो घाइते जनावर बोक्न एम्बुलेन्स

ललितपुर । ललितपुर महानगरपालिकाले सडकमा रहेका घाइते जनावरलाई अस्पताल पुर्याउन एम्बुलेन्स सेवा सुरु