कोरोना संक्रमणबाट जनकपुरका होटल व्यवसायी कृष्ण गिरीको मृत्यु



जनकपुरधाम । जनकपुरधामका होटल व्यवसायी कृष्ण गिरीको कोरोना संक्रमणबाट मृत्यु भएको छ । करिब २० दिनदेखि काठमाडौँमा उपचाररत उनको गएरति मृत्यु भएको गिरीका छोरा डा. सन्तोष गिरीले जानकारी दिएका छन् । उनी मुटु रोगका साथै अन्य रोगबाट समेत ग्रसित थिए । गिरीको स्वाब परीक्षण गर्दा उनलाई कोरोना पोजेटिभ देखिएको थियो ।

होटल रामाका संचालक समेत रहेका गिरीलाई उपचारका लागि काठमाडौं लगिएको थियो । कोरोना संक्रमणबाट धनुषामा अहिलेसम्म ४ जनाको मृत्यु भइसकेको छ । जनकपुरधाम प्रादेशिक अस्पतालको आइसोलेसनमा उपचार गराइरहेकै बेला विदेह नगरपालिका वडा नं. ८ का ६० वर्षीय पुरुषको मंगलवार मृत्यु भएको थियो । कोरोना पोजेटिभ भई गत साउन ८ गते देखि नै ओइसोलेसनमा भर्ना भएका अस्पतालले जनाएको छ ।

आइतवार मृत्यु भएका जनकपुरधामको कदमचौक स्थित विनय तारा फाउन्डेशन अस्पतालमा सुरक्षा गार्डको रुपमा कार्यरत एकजना पुरुषको पनि कारोना संक्रमण रहेको थियो । मिथिला विहारी वडा नम्बर ५ ललियाका उनी थिए ।

एकसाता अघि धनुषाका शहीदनगर नगरपालिका डुमरियाका ३८ वर्षीय एक पुरुषको उपचारको क्रममा मृत्यु भएको थियो । साउन १० गते उपचारका लागि प्रादेशिक अस्पतामा भर्ना गरिएको थियो । भेन्टिलेटरको अभावमा ती युवकलाई विराटनगरतर्फ रेफर गर्दा बाटोमै मृत्यु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
विदेश पलायन भइरहेको युवा जनशक्तिलाई रोक्नु पहिलो आवश्यकता होः राष्ट्रपति पौडेल

गण्डकी । राष्ट्रपति रामचन्द्र पौडेलले केही भएन भन्नेमात्र नभई धेरै भएको छ तर

‘राष्ट्रका लागि दुई घण्टा अभियान’ मा बागमतीका स्वास्थ्यमन्त्री थापा

भक्तपुर । शनिबार कहिले सिमसिम पानी त कहिले हल्का झुल्किएको घाम । मध्यपुरथिमि

हार्ट क्लव नेपालको २७ औं वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं । हार्ट क्लव नेपालको २७ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ

कानुनी प्रक्रिया पूरा नगरेका बर्दिवासका पाँच वटा स्वास्थ्य संस्था तत्काल बन्द गर्न मुख्यमन्त्री सिंहको निर्देशन

महोत्तरी । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले बर्दिवासमा रहेका अस्पताल र स्वास्थ्य संस्थाको